दफा १४
सेवा केन्द्रमा राख्न सक्ने
(१) पीडितलाई तत्काल सुरक्षा प्रदान गर्न तथा उपचारको क्रममा अलग्गै बस्ने व्यवस्था गर्नु पर्ने देखिएमा प्रहरी कार्यालयले निजलाई नजिकको सेवा केन्द्रमा राख्ने व्यवस्था गर्नु पर्नेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “सेवा केन्द्र” भन्नाले घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६ को  दफा ११ बमोजिम स्थापना गरिएको सेवा केन्द्र सम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिम सेवा केन्द्रमा रहेको पीडितलाई सेवा केन्द्रले आवश्यकता अनुसार कानूनी  सहायता, मनोविमर्श वा मनोवैज्ञानिक सेवा वा आर्थिक सहायता उपलब्ध गराउन सक्नेछ ।