दफा १७
सेवाको अवधि
(१) दफा ११ मा उल्लेख भएदेखि बाहेक नेपाली सेनामा कार्यरत अधिकृतको उमेरको हद अनुसूची–३ मा उल्लेख भए बमोजिम हुनेछ ।
(२) उपदफा (१) को अधीनमा रही नेपाली सेनाका अधिकृतको पदावधि अनुसूची–४ मा उल्लेख भए बमोजिम हुनेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि लामो अवधिसम्म सेवा गरी शारीरिक रूपमा सक्षम रहेका अधिकृतको सेवा नेपाली सेनाका लागि आवश्यक छ भनी मनासिब आधार र कारण खोली नेपाल सरकार समक्ष प्रधान सेनापतिले सिफारिस गरेमा नेपाल सरकारले अनुसूची–५ बमोजिम पदावधि थप गर्न सक्नेछ ।