नियम १८
सेवाबाट हटाइएका कर्मचारीले सफाइ पाएमा पदस्थापन गर्ने
(१) सेवाबाट हटाइएको वा बर्खास्त गरिएको कुनै कर्मचारी अदालतको निर्णयबाट सेवामा पुनस्र्थापित हुने भएमा सोको सूचना पाएको मितिले एक महिनाभित्र हाजिर हुन आउनु पर्नेछ । यसरी हाजिर हुन आएमा सचिवालयले निजलाई हाजिर गराइ पदस्थापन गर्नु पर्नेछ ।
(२) उपनियम (१) को म्यादभित्र हाजिर हुन नआउने कर्मचारीलाई पदस्थापन गरिने छैन ।