दफा
सेवा
(१) स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत देहायको सुबिधा प्रदान हुनेछ
(क) योग, पोषण शिक्षा, बानी व्यहोरा सुधार, मनो–सामाजिक परामर्श जस्ता प्रवद्र्धनात्मक सेवा,
(ख) खोप, परिवार नियोजन, सुरक्षित मातृत्व जस्ता प्रतिकारात्मक सेवा,
(ग) बहिरङ्ग, भर्ना उपचार, आकस्मिक, शल्यक्रिया, औषधि, स्वास्थ्य सहायता उपकरण जस्ता उपचारात्मक सेवा ,
(घ) निदानात्मक वा पुनस्र्थापना सम्बन्धी सेवा,
(ङ) एम्बुलेन्स सेवा,
(च) तोकिए बमोजिमका अन्य सेवा ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई निशुल्क रूपमा आधारभूत स्वास्थ्य सेवा तथा प्रचलित कानून बमोजिम पाएको कुनै स्वास्थ्य सेवा लिन बाधा पुगेकोमानिने छैन ।
स्पष्टीकरण : यस उपदफाको प्रयोजनको लागि “आधारभूत स्वास्थ्य सेवा” भन्नाले नेपाल सरकारले तोके बमोजिमको स्वास्थ्य सेवा सम्झनु पर्छ ।