दफा ११९
सैनिक अदालतको आदेश वा फैसला उपर पुनरावेदन
: (१) दफा ६८ को खण्ड (क) अन्तर्गत जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट भएको फैसला वा अन्तिम आदेश उपर पुनरावेदन सुन्न देहायको एक सैनिक विशेष अदालत रहनेछ ः-
(क) न्याय परिषद्को सिफारिसमा नेपाल सरकारले तोकेको उच्च अदालतकोन्यायाधीश – अध्यक्ष
(ख) रक्षा मन्त्रालयका सचिव – सदस्य
(ग) प्राड विवाकका प्रमुख – सदस्य
(२) दफा ६८ को खण्ड (क) अन्तर्गत जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट भएको फैसला वा अन्तिम आदेश उपर चित्त नवुझ्ने पक्षले सोफैसला वा अन्तिम आदेश भएको मितिले ३५ दिनभित्र उपदफा (१) बमोजिमको अदालत समक्ष पुनरावेदन गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिमको अदालतले दफा ६२ अन्तर्गतका मुद्दाको शुरु कारबाही र किनारा समेत गर्नेछ ।
(४) उपदफा (३) बमोजिम भएको पैसला उपर ३५ दिनभित्र सर्वोच्च अदालतमा पुनरावेदन लाग्न सक्नेछ ।
(५) उपदफा (१) बमोजिमको अदालतले मुद्दाको शुरु कारबाही र किनारा तथा पुनरावेदनको कारबाही र किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि तोकिएबमोजिम हुनेछ ।
(६) दफा ६८ को खण्ड (ख) र (ग) अन्तर्गतको क्षेत्राधिकारभित्रका कसुरहरुको सम्बन्धमा सैनिक अदालतबाट भएको फैसला वा अन्तिम आदेश उपर चित्त नवुझ्ने पक्षले फैसला वा अन्तिम आदेश भएको मितिले ३५ दिनभित्र प्राड विवाक मार्फत प्रधान सेनापति समक्ष पुनरावेदन गर्न सक्नेछ ।
(७) उपदफा (६) बमोजिम परेको पुनरावेदनको कारबाही र किनारा गर्नका लागि देहायको एक पुनरावेदन समिति रहनेछ ः-
(क) प्रधान सेनापतिले तोकेको सहायक रथी – अध्यक्ष
(ख) प्रधान सेनापतिले तोकेको महासेनानी – सदस्य
(ग) सम्बन्धित मुद्दाको सैनिक अदालतमा संलग्न नरहेको प्राड विवाकको प्रतिनिधि – सदस्य
(८) उपदफा (७) बमोजिमको समितिले पुनरावेदनको कारबाही र किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि तोकिएबमोजिम हुनेछ ।