दफा ९९
सैनिक अदालतको स्थगन तथा विघटन
(१) देहायको अवस्थामा सैनिक अदालत स्थगन हुनेछ :
(क) मुद्दाको पुर्पक्ष शुरु भए पछि दफा ६७ बमोजिम निर्धारित अध्यक्ष तथा सदस्यको सङ्ख्या घट्न गएमा,
(ख) पुर्पक्षको क्रम जारी रहँदा प्राड विवाकको प्रतिनिधि वा अभियुक्त विरामी भएको कारणवाट पुर्पक्ष चालू राख्न सम्भव नभएमा,
(२) सैनिक आवश्यकता वा अनुशासनको दृष्टिकोणले सैनिक अदालत जारी राख्न असम्भव वा अनुचित देखिएमा सैनिक अदालत बोलाउने अधिकार प्राप्त अधिकारीले सैनिक अदालत विघटन गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिमको कारण परी स्थगित भएको सैनिक अदालत पूर्व स्थितिमा आएमा पुर्पक्ष पुन चालू गर्न सकिनेछ ।
(४) उपदफा (२) बमोजिमको कारण परी विघटन भएको सैनिक अदालत पुन बोलाई मुद्दाको पुर्पक्ष चालू गर्न सकिनेछ ।
(५) सैनिक अदालतबाट फैसला सम्बन्धी सम्पूर्ण कारबाही समाप्त भएपछि त्यस्तो सैनिक अदालत स्वतः विघटन हुनेछ ।