दफा ७८
सैनिक प्रहरी प्रमुख
(१) नेपाल सरकारले अन्यथा निर्देशन दिएमा बाहेक प्रधान सेनापति वा निजले तोकेको अधिकृतले सैनिक प्रहरी प्रमुख नियुक्त गर्न सक्नेछ ।
(२) कुनै कसुरमा हिरासतमा रहेको व्यक्तिलाई जिम्मा लिनु, सेनामा सुव्यवस्था र अनुशासन कायम गराउनु र नेपाली सेनामा सम्मिलित वा सेवारत व्यक्तिबाट सुव्यवस्था र अनुशासन भङ्ग हुने कार्य हुन नदिनु सैनिक प्रहरी प्रमुखको कर्तव्य हुनेछ ।
(३) कसुर गरेको वा कसुरको अभियोग लगाइएको व्यक्तिलाई पुर्पक्षको निमित्त सैनिक प्रहरी प्रमुखले जुनसुकै समयमा पक्राउ गर्न सक्नेछ र सैनिक अदालत वा विभागीय सजायको आदेश दिने अधिकृतले दिएको सजाय तामेल गर्नेछ ।