नियम ७५
स्थगन प्रस्ताव पेश गर्न बैठकको अनुमति
(१) अध्यक्षले नियम ७३ बमोजिम प्रस्ताव पेश गर्न अनुमति दिएमा बैठकको प्रारम्भमा अध्यक्षले सम्बन्धित सदस्यको नाम लिनेछ र त्यसपछि स्थगन प्रस्ताव पेश गर्न चाहने सदस्यले प्रस्ताव पेश गर्न बैठकको अनुमति माग्नेछ । (२) कुनै सदस्यले उपनियम (१) बमोजिमको प्रस्तावको विरोध गरेमा अध्यक्षले अनुमति दिन चाहने सदस्यहरूलाई उभिने आदेश दिनेछ र कम्तीमा छ जना सदस्यहरू उभिएमा बैठकको अनुमति प्राप्त भएको मानिनेछ ।