नियम १५
स्थानीय निर्देशक समितिको बैठक
(१) स्थानीय निर्देशक समितिको बैठक सो समितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ । (२) स्थानीय निर्देशक समितिको बैठकको अध्यक्षता सो समितिको अध्यक्षले गर्नेछ । (३) स्थानीय निर्देशक समितिको सम्पूर्ण सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ । ९ (४) स्थानीय निर्देशक समितिको निर्णय सदस्य--सचिवले प्रमाणित गरी राख्नु पर्नेछ । (५) स्थानीय निर्देशक समितिको बैठक सम्बन्धी अन्य कार्यविधि स्थानीय निर्देशक समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ । (६) स्थानीय निर्देशक समितिले गरेको निर्णयको कार्यान्वयन सम्बन्धित स्थानीय तहको गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले गर्नेछ ।