नियम १४
स्थानीय निर्देशक समिति
(१) नागरिकको रोजगारीको हक संरक्षण सम्बन्धी कामको लागि प्रत्येक स्थानीय तहमा देहाय बमोजिमको स्थानीय निर्देशक समिति रहनेछः-- (क) सम्बन्धित गाउँ कार्यपालिकाको अध्यक्ष वा नगर कार्यपालिकाको प्रमुख “अध्यक्ष (ख) सम्बन्धित गाउँ कार्यपालिकाको उपाध्यक्ष वा नगर कार्यपालिकाको उपप्रमुख जासदस्य (ग) गाउँ कार्यपालिकाको अध्यक्ष वा नगर कार्यपालिकाको प्रमुखले तोकेका वडा अध्यक्ष दुई जना जासदस्य (घ) सम्बन्धित गाउँपालिका वा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत जासदस्य (ङ) रोजगार संयोजक -उसदस्य--सचिव (२) स्थानीय निर्देशक समितिको सचिवालय सम्बन्धित गाउँ कार्यपालिका वा नगर कार्यपालिकामा रहनेछ ।