नियम ४१
स्पष्टीकरण माग गर्ने अधिकार
: निरीक्षण तथा जाँचबुझ गर्दा ठेकेदारले ऐन, यस नियमावली तथा पेट्रोलियम सम्झौताबमोजिम गर्नु पर्ने काम नगरेको वा कुनै अनियमित काम गरेको देखिएमा सो सम्बन्धमा निरीक्षकले ठेकेदारसँग स्पष्टीकरण माग गर्न सक्नेछ र ठेकेदारले निरीक्षकले तोकिदिएको समयभित्र लिखित स्पष्टीकरण दिनु पर्नेछ ।