नियम ३
स्वघोषषणा गर्नु पर्ने
(१) ऐनको दफा ५ को उपदफा (२) को खण्ड (ज) बमोजिम मनोनीत सदस्यले बोर्डको पहिलो बैठकमा भाग लिनु अघि देहायका विवरण सहितको स्वघोषणा गरी बोर्ड समक्ष पेश गर्नु पर्नेछ:-
(क) बोर्डसँग भएको कुनै ठेक्कापट्टा वा सार्वजनिक खरिदसँग सम्बन्धित करारमा निज वा निजको परिवारको कुनै सदस्य पक्ष रहे वा नरहेको र रहेको भए सोको विवरण,
(ख) नेपालमा भएको कुनै विदेशी लगानीमा निज वा निजको परिवारको कुनै सदस्य लगानीकर्ता कम्पनी वा त्यस्तो कम्पनीको साझेदार कम्पनीको सञ्चालक वा शेयरधनी वा एजेन्ट रहे वा नरहेको र रहेको भए सोको विवरण,
(ग) ऐन बमोजिम कार्यान्वयन हुने परियोजनाको लगानीमा निज वा निजको परिवारको कुनै सदस्यको हिस्सा वा शेयर रहे वा नरहेको र रहेको भए सोको विवरण ।
(२) कुनै सदस्यले स्वघोषणा गरेको विषयमा कुनै परिवर्तन भएमा सम्बन्धित सदस्यले बोर्डलाई सोको जानकारी गराउनु पर्नेछ।
(३) कुनै सदस्यले स्वघोषणा गरेको विषयमा बोर्डमा प्रश्न उठी छलफल गर्नु पर्ने भएमा वा अदालतले आदेश गरेमा बाहेक सो विषय सार्वजनिक गरिने छैन ।