दफा १०
स्वास्थ्य सेवा लिनु पर्ने
(१) बीमितले दफा २ को खण्ड (ठ) को उपखण्ड (१) बमोजिमको स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको स्वास्थ्य संस्थाले बीमितलाई आवश्यक सेवा उपलब्ध गराउन नसक्ने भएमा सोही व्यहोरा उल्लेख गरी त्यस्तो सेवा उपलब्ध हुने स्वास्थ्य संस्थामा पे्रषण गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम प्रेषण भई आएका बीमितलाई सम्बन्धित स्वास्थ्य संस्थाले प्राथमिकताका साथ सेवा प्रदान गर्नु पर्नेछ ।
(४) स्वास्थ्य सेवा लिने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।