दफा ३२
स्वीकृति नलिई बनाएको घर वा लगाएको बाली जफत हुने :
(१) यस ऐन बमोजिम प्राप्त गरेको जग्गाको स्वामित्व नेपाल सरकार वा संस्थामा सरेपछि नेपाल सरकार वा संस्थाको लिखित स्वीकृति प्राप्त नगरी कसैले कुनै प्रकारको घर, टहरो, पर्खाल आदि बनाउन वा त्यस्तो जग्गा आबाद गर्न हुँदैन ।
(२) उपदफा (१) को उल्लङ्घन गरी कसैले कुनै घर, टहरो, पर्खाल आदि बनाएमा वा जग्गा आबाद गरेमा त्यसरी बनाएकोघर टहरो, पर्खाल आदि वा लगाएको बालीको कुनै क्षतिपूर्ति नदिई नेपाल सरकार वा संस्थाले जफत गर्न सक्नेछ ।