नियम २१
स्वीकृृति रद्द गर्न निवेदन दिनु पर्ने
(१) संस्था सञ्चालन गर्न नचाहेमा वा त्यस्तो संस्था सञ्चालन गर्न नसकेमा कारण देखाई आफूले पाएको स्वीकृति रद्द गर्नको लागि परिषद्को कार्यालयमा निवेदन दिन सकिनेछ ।
(२) उपनियम (१) बमोजिमको निवेदन प्राप्त भएमा परिषद्ले आवश्यकतानुसार सो संस्थाको निरीक्षण समेत गराई निवेदकको माग बमोजिम निजले पाएको स्वीकृति रद्द गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम निवेदकले पाएको स्वीकृति रद्द हुने भएमा त्यस्तो संस्थाले आफू कहाँ भर्ना भएको प्रशिक्षार्थीको तालीम सोही वा अन्य संस्थाबाट समेत पूरा गराउनु पर्नेछ ।