दफा ४८
हकदावी उपर कारबाही
(१) दफा ४७ बमोजिम कसैको दरखास्त पर्न आएमा सम्बन्धित वन अधिकृतले आवश्यक तहकिकात गरी गराई दरखास्तवालाको हक दावी भए नभएको कुराको निर्णय गरी त्यसको सूचना दरखास्तवालालाई दिनु पर्नेछ र कसैको हकदावी भएको ठहरेमा त्यस्तो काठ डिपोमा ल्याउन र जम्मा गर्न लागेको खर्च निजबाट उपर गरी काठ निजलाई सुम्पिदिनेछ ।
(२) उपदफा (१) बमोजिम वन अधिकृतले हक दावी नभएको भनी गरेको निर्णयमा चित्त नबुझ्ने व्यक्तिले त्यस्तो निर्णयको सूचना पाएको मितिले पन्ध दिनभित्र सम्बन्धित प्रदेश वन निर्देशक समक्ष उजूर गर्न सक्नेछ ।
(३) कुनै काठमा कसैको हक दावी अस्वीकार गरेको वा त्यस्तो काठ रोकेको वा हराएबाट हुन गएको नोक्सानीको हरजाना नेपाल सरकार वा वन अधिकृतबाट दावी गर्न पाइने छैन ।
(४) कसैको हकदावी नपुगेका वेवारिसी वा दरिया बुर्दी काठहरु डिभिजनल वन अधिकृतले तोकिए बमोजिम बिक्री वितरण गर्न सक्नेछ ।