नियम ६१
हवाई उडान तथा वायुयानसँग सम्बन्धित कागजातहरु साथमा राख्नु पर्ने
हवाई उडान तथा वायुयानसँग सम्बन्धित देहायका कागजातहरु साथमा नराखी कसैले पनि नेपाल अधिराज्यको हवाई क्षेत्रमा वायुयान उडान गर्नु हुँदैनस
(क) वायुयान दर्ता प्रमाणपत्र,
(ख) वायुयानको उडान योग्यताको प्रमाणपत्र,
(ग) यात्रा अभिलेख पुस्तिका (जर्नी लग बूक),
(घ) उडानमा रहने प्रत्येक क्रुको व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा अन्य प्रमाणपत्र,
(ङ) यात्रु बाहक वायुयान भएमा सो वायुयानमा यात्रा गर्ने प्रत्येक यात्रुहरुको नाम, राष्ट्रियता, अवतरण गर्ने स्थान र अन्तिम गन्तब्य स्थल,
(च) एनेक्स तथा म्यानुअलमा उल्लेख भएका अन्य कागजातहरु मध्ये प्राधिकरणले तोकेका
कागजातहरु ।