नियम ४२
हवाई उडान सम्बन्धी प्रशिक्षण संस्था सञ्चालन गर्ने अनुमतिको लागि दरखास्त दिने

(१) प्रचलित कानून बमोजिम ईजाजत प्राप्त हवाई उडान सम्बन्धी प्रशिक्षण संस्थाले हवाई उडान सम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने अनुमतिको लागि एनेक्स तथा म्यानुअलमा उल्लेख भएको भएको ढाँचामा आवश्यक विवरणहरु खुलाई महानिर्देशक समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त दिंदा हवाई उडान सम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने अनुमति वापत अनुसूची–१ बमोजिमको शुल्क बुझाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम दरखास्त परेपछि महानिर्देशकले आवश्यक जाँचबुझ गरी दरखास्तवालाको माग अनुसार वा आवश्यक संशोधन गरी एनेक्स तथा म्यानुअलमा उल्लेख भएको ढाँचामा दरखास्तवालालाई हवाई उडान सम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने अनुमति
दिन सक्नेछ । तर त्यस्ता संस्थाहरुले सञ्चालन गर्ने विर्षय वस्तु र क्रेडिट समय महानिर्देशक वा निजले तोकेको दक्षबाट इजाजत प्राप्त गरेको हुनुपर्नेछ ।
(४) हवाई उडान सम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने अनुमतिको दरखास्त दिने र अनुमतिपत्र प्रदान गर्ने सम्बन्धी, अन्य कार्यविधि एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिम हुनेछ ।