दफा १५
हस्तान्तरण गर्न नहुने
(१) दफा १३ वा १४ बमोजिम दर्ता भएका कुनै पनि सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना व्यवस्थापन
निकाय वा तोकिए बमोजिमको अधिकारीको अनुमति बिना हक हस्तान्तरण वा नामसारी हुने छैन ।
(२) उपदफा (१) बमोजिम सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको हक हस्तान्तरण वा नामसारी गर्न अनुमति प्रदान गर्ने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।