दफा १५
हातहतियार, खरखजानाको लगत लिने अधिकार

नेपाल सरकारले समय समयमा सूचना प्रकाशित गरी नेपाल  भरमा सोही सूचनामा तोकिएको कुनै ठाउँमा कुनै हातहतियार वा खरखजाना राख्ने व्यक्तिले त्यसको लगत तोकिएको अधिकारीलाई दिन निर्देशन गर्न सक्नेछ । त्यस्तो सूचना प्रकाशित भएपछि सम्बन्धित हातहतियार वा खरखजाना राख्ने सबै व्यक्तिहरूले तोकिएको अधिकारीले मागे बमोजिमको लगत दाखिल गर्नुपर्छ र निजले त्यस्तो हातहतियार वा खरखजाना नै हेर्न चाहेमा सो समेत देखाउनु पर्छ ।