विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,
(क) “हातहतियार” भन्नाले तोप, मोर्टार, बख्तरबन्द गाडी, मेशिनगन, राइफल, बन्दुक, पिस्तोल, रिभल्भर वा खरखजाना प्रयोग गरी वा नगरी चलाइने त्यस्तै प्रकृतिका अन्य यन्त्र सम्झनु पर्छ र सो शब्दले हातहतियार बनाउने मेशिन, उपकरण र हातहतियारको पाटपूर्जा समेतलाई जनाउँछ ।
(ख) “मेशिनगन” भन्नाले ब्रेनगन, लुइसगन, स्टेगन, मेशिन, कारबाइन, टम्स मेशिन कारबाइन, जी.एम.जी, एल. एम. जी, सर्ट मेशिन गन वा त्यस्तै प्रकृतिका स्वचालित हातहतियार सम्झनु पर्छ र सो शब्दले मेशिनगन बनाउने मेशिन, उपकरण र मेशिनगनको पाटपूर्जा समेतलाई जनाउँछ ।
(ग) “खरखजाना” भन्नाले हातहतियारमा राख्ने बारुद, केप, गोली, छर्रा, डिटोरेनेटर, कार्तुस, फ्यूज वा त्यस्तै प्रकृतिका अन्य पदार्थ समेतलाई जनाउँछ ।
(घ)
(ङ)
(च) “इजाजत” भन्नाले हातहतियार, खरखजानाका सम्बन्धमा यो ऐनबमोजिम प्राप्त भएको इजाजतपत्र र “इजाजतपत्रवाला” भन्नाले त्यस्तो इजाजतपत्र प्राप्त गर्ने व्यक्तिलाई सम्झनुपर्छ ।
(छ) “तोकिएको” वा “तोकिए बमोजिमको” भन्नाले यो ऐन अन्तर्गत बनेको नियम वा आदेशमा तोकिएको वा तोकिए बमोजिमको सम्झनुपर्छ ।