नियम २८
हानी नोक्सानी गर्न नहुने
सम्बन्धित निकायको स्वीकृति वेगर कसैले पनि पञ्जिकामा समावेश भएका वा राष्ट्रिय सम्पदा भित्रका वस्तु, स्थल, वनस्पति, जीव जन्तु आदिका सम्बन्धमा देहायका कुनै काम गर्नु गराउनु हुँदैन ः–
(क) कुनै वस्तु, स्थल, वनस्पति, जीवजन्तु, आदि हटाउन, फेरबदल गर्न वा त्यसलाई नोक्सान पुग्ने कुनै काम गर्न,
(ख) कुनै वस्तु, स्थल, वनस्पति, जीवन्तु आदि कसैलाई उपहार दिन वा हकछाडी बेचबिखन गर्न वा हस्तान्तरण गर्न,
(ग) पञ्जिकामा समावेश भएका कुनै जीवजन्तुहरूलाई नोक्सान पु¥याउने किसिमका अन्य जीवजन्तु राष्ट्रिय सम्पदा संरक्षण क्षेत्रमा प्रवेश गराउने,
(घ) कुनै वस्तु, स्थल, वनस्पति, जीवजन्तु, आदि बिग्रने वा नासिने गरी अन्य कुनै काम गर्न ।