दफा २३
हानी नोक्सानीको बिगो व्यहोर्नु पर्ने
– कसैले मालपोत असूल गर्दा जानीजानी वा बदनियतसाथ यो ऐन वा प्रचलित कानूनको बर्खिलाप हुने काम गरी नेपाल सरकार वा अरु कसैलाई कुनै किसिमको हानी नोक्सानी पु¥याएमा सो हानी नोक्सानीको बिगो र अन्य दायित्व मालपोत असुल गर्ने काममा खटिएको व्यक्तिले व्यहोर्नु पर्नेछ । त्यसरी मालपोत असुल गरेको रकम हानी नोक्सानी भएकोमा निज उपर प्रचलित कानून बमोजिम कारवाही समेत हुनेछ ।