दफा २
परिभाषा
– विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “मालपोत कार्यालय” भन्नाले दफा ३ बमोजिम स्थापना भएको कार्यालय सम्झनु पर्छ ।
(ख) “मालपोत” भन्नाले जग्गावालाले प्रचलित नेपाल कानूनबमोजिम नेपाल सरकारलाई तिर्नु पर्ने मालपोत तथा सो सरहको अरु कुनै तिरोलाई सम्झनु पर्छ र सो शब्दले यो ऐनबमोजिमको म्यादभित्र मालपोत नतिरे वापत लाग्ने शुल्कलाई समेत जनाउँछ ।
(ख१) “मालपोत अधिकृत” भन्नाले नेपाल सरकारले नियुक्त गरेको प्रमुख मालपोत अधिकृत, ………. मालपोत अधिकृत वा यस ऐनबमोजिम मालपोत अधिकृतको अधिकार प्रयोग गर्न पाउने गरी नेपाल सरकारले नियुक्त गरेको अन्य कुनै अधिकृत वा मालपोत कार्यालयका प्रमुखलाई सम्झनु पर्छ ।
(ख२) “सरकारी जग्गा” भन्नाले नेपाल सरकारको हक, स्वामित्व, नियन्त्रण वा अधीनमा रहेको सरकारी घर, भवन वा जग्गा, सडक, बाटो वा रेल्वे, वन, जङ्गल वा वन जङ्गलमा रहेका रुख, बुट्यान, नदी, खोलानाला, ताल, पोखरी तथा त्यसको डिल, नहर, कुलो वा ऐलानी, पर्ती जग्गा, खनिज वा खनिज पदार्थ, हिमाल, भिर, पहरा, डगर, बगर, सार्वजनिक बगैंचा, सार्वजनिक, सामुदायिक, गुठी वा कुनै व्यक्तिको नाममा रहेको जग्गा बाहेकको अन्य जग्गा सम्झनु पर्छ ।
(ख३) “सार्वजनिक जग्गा” भन्नाले सार्वजनिक प्रयोजनको लागि रहेका परापूर्वकालदेखि रहेको घर, जग्गा, ढल वा बाटो, कुवा, पँधेरो, पानीघाट, इनार, पोखरी तथा त्यसको डील, गाईवस्तु निकाल्ने निकास, गौचर, खर्क, अन्त्यष्टीस्थल, चिहान, मसानघाट, समाधिस्थल, कब्रिस्थान रहेको जग्गा, पाटी, पौवा, देवल, धार्मिक उपासनास्थल, स्मारक, मठ, मन्दिर, चैत्य, गुम्बा, स्तूप, मस्जीद, इदगाह, कव्रस्थान, गिर्जाघर, चोक, डबली, चौतारी वा सो रहेको जग्गा, हाट, मेला, सार्वजनिक रूपमा मनोरञ्जन गर्ने वा खेलकुद गर्ने ठाउँ रहेको जग्गा, सार्वजनिक प्रयोजनको लागि कसैले प्रदान गरेको निजी जग्गा वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक जग्गा भनी तोकिदिएको अन्य जग्गा सम्झनु पर्छ ।
(ख४) सामुदायिक जग्गा भन्नाले कुनै समुदायले आफ्नो प्रयोगको लागि राखेको जग्गा सम्झनु पर्छ ।
(ग) “वर्ष” भन्नाले आर्थिक वर्ष सम्झनु पर्छ ।
(घ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।