दफा ५८
हिसाब किताब र स्रेस्ता
: (१) सहकारी बैङ्कले आफ्नो कारोबारको वास्तविक स्थिति देखिने गरी नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत ढाँचा बमोजिमको हिसाब किताब र स्रेस्ताहरू राख्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको हिसाब किताब र स्रेस्तामा सहकारी बैङ्कको वास्तविक आर्थिक स्थिति, आफूले गरेको लगानी, लिए दिएको ऋण तथा अन्य आर्थिक कारोबारको आम्दानी, खर्चको विस्तृत विवरण र जायजेथा तथा दायित्वको विवरण समेत स्पष्ट रूपमा उल्लेख गरिएको हुनु पर्नेछ ।