दफा ५१
हैरानी गर्ने नियतले कब्जा वा गिरफतार गर्नेलाई सजाय
(१) मनासिब माफिकको कारण नभई वन सम्बन्धी कार्य गर्ने कुनै कर्मचारी वा प्रहरी कर्मचारीले रीस ईविले वा हैरानी गर्ने नियतले माल वस्तु कब्जा गरेमा वा कसैलाई गिरÇतार गरेमा त्यस्ता कर्मचारीलाई एक हजार रुपैया“सम्म जरिबाना हुनेछ ।
(२) उपदफा (१) मा लेखिएका कर्मचारीको नियत त्यस्तो थियो भन्ने कुरा प्रमाणित गर्ने भार उजूरवाला माथि रहनेछ ।