नियम १२
(१) ऐनको दफा १२ बमोजिम परिचयपत्रमा उल्लिखित बैयक्तिक वा जैविक बिवरण सच्याउनु बा थपघट गर्नु परेमा सम्बन्धित व्यक्तिले अनुसूची-७ बमोजिमको ढाँचामा विभाग वा स्थानीय अधिकारी ससक्षा निवेदन दिनु पर्नेछ।

(२) परिचयपत्र प्राप्त व्यक्तिको वैयक्तिक वा जेविक विवरण अद्यावधिक गर्नु पर्ने भएमा सम्बन्धित व्यक्तिले सोको प्रमाण सहित अनुसूची-८ बमोजिमको ढाँचामा विभाग वा स्थानीय अधिकारी समक्षा निवेदन दिनु पर्नेछ।

(३) उपनियम (१) बा (२) बमोजिम स्थानीय अधिकारी समश्षा प्रा निवेदन निजले विभागमा पठाउनु पर्नेछ।

(४) उपनियम (१), (२) बा (३) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा त्यस्तो विवरण सच्याउन बा अद्यावधिक गर्न उपयुक्त हुने देखिएमा विभागले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा रहेको वैयक्तिक वा जेविक विवरण सच्याउन वा अद्यावधिक गर्न सक्नेछ। (५) उपनियम (४) बमोजिम विवरण सच्याउँदा वा अद्यावधिक गर्दा परिचयपत्रको दृष्य भागमा रहेको विवरण परिवर्तन हुने भएमा सक्कल परिचयपत्र खिची त्यस्तो विवरण सच्याई वा अद्यावधिक गरी परिचयपत्रको प्रतिलिपि जारी गर्नु पर्नेछ।

(६) उपनियम (५) बमोजिम परिचयपत्रको प्रतिलिपि जारी गर्दा त्यस्तो व्यक्तिको जैविक बिबरण अद्यावधिक गरेर मात्र जारी गर्नु पर्नेछ।