नियम
१ विश्वविद्यालयलाई अनुदान वितरण
(१) आयोगले आफ्नो कोषबाट
विश्वविद्यालयलाई अनुदान वितरण कार्य गर्नेछ ।
(२) अनुदान वितरण साधारण तथा विकास गरी सामान्यतया दुई
शीर्षकमा गरिनेछ ।
(३) साधारण तर्फ अनुदान वितरण गर्दा मूलतः निम्न कुरालाई आधार
मानिनेछःः–
(क) आयोगले वितरण गर्दै आएको अनुदानको रकम पद्धति एवं
परम्परा ।
(ख) विश्वविद्यालयको पठन पाठन क्षेत्र, शिक्षक–संख्या, विद्यार्थी–
सख्या, तथा उत्तीर्ण संख्या,
(ग) विश्वविद्यालय क्याम्पस एवं तिनका आंगिक तथा सम्वन्धन
प्राप्त क्याम्पसको स्वरुप र विस्तार,
(घ) विश्वविद्यालयको आयश्रोत,
(ङ) विश्वविद्यालयले पठन पाठनमा कायम गरेको श्रेष्ठताको
स्तर, तथा
(च) आयोगले उपयुक्त ठानेका अन्य कुरा ।
(४) विश्वविद्यालयले आर्थिक वर्ष शुरु हुनुभन्दा कम्तिमा ६ महिना पूर्व
विश्वविद्यालयको आगामी आर्थिक वर्षको बजेटको कार्यक्रम तथा प्रस्ताव आयोग
समक्ष प्रस्तुत गर्नु पर्नेछ ।
(५) विश्वविद्यालयलाई प्रदान गरिने आवश्यक विकास खर्चका लागि
अनुदान दिने निर्णय गर्नु पूर्व आयोगले सम्बन्धित विश्वविद्यालयबाट विस्तृत योजना
माग गर्न सक्नेछ ।