नियम १२
१२
१२. मनसायपत्र वा प्रस्ताव आव्हानको सूचना संशोधन गर्न सकिनेः (१) नियम ९ र १०
बमोजिम सार्वजनिक गरिएको क्रमशः मनसायपत्र र प्रस्ताव आव्हानको सूचनामा
उल्लिखित कुनै विवरण संशोधन गर्नु परेमा सार्वजनिक सूचना प्रकाशन गरी त्यस्तो
विवरण संशोधन गर्न सकिनेछ ।
(२) उपनियम (१) बमोजिम मनसायपत्र वा प्रस्ताव आव्हानको सूचनामा
उल्लिखित विवरण संशोधनको सूचना प्रकाशन गर्दा मनसायपत्र वा प्रस्ताव पेश गर्ने
अवधि क्रमशः पन्ध्र दिन र एक्काईस दिन भन्दा कम भएकोमा मनसायपत्र वा प्रस्ताव
पेश गर्ने अवधि स्वतः क्रमशः पन्ध्र दिन र एक्काईस दिन कायम भएको मानिनेछ ।