नियम
२ सचिवको काम, कर्तव्य तथा अधिकार
ः (१) सचिवले अध्यक्षको सामान्य निर्देशनमा
रही देहायका दैनिक कार्य सञ्चालन गर्नेछ ः
(क) आयोगको कर्मचारी व्यवस्थापन तथा प्रशासन सञ्चालन
गर्ने ।
(ख) आयोगबाट भएका निर्णयहरु कार्यान्वयन गर्ने गराउने ।
(ग) आयोगमा पेश गर्नुपर्ने प्रस्तावहरु तयार गर्ने गराउने ।
(घ) आयोगको वार्षिक कार्यक्रम तथा बजेट तयार गर्ने गराउने ।
(ङ) आयोगको आन्तरिक लेखापरीक्षण गराउने र बेरुजु फछ्र्यौट
सम्बन्धमा आयोगले तोके बमोजिम काम गर्ने, गराउने ।
(च) स्वीकृत वजेट अनुसार आयोगको आर्थिक प्रशासन
सञ्चालन गर्ने, खर्च गर्ने ।
(छ) आयोगको माइन्यूट तयार गर्ने, जिम्मामा लिने तथा
प्रमाणित गर्ने ।
(ज) आयोगको तर्फबाट दायर गर्नु पर्ने मुद्दाको प्रारम्भ वा
प्रतिरक्षा गर्नु पर्ने मुद्दा मामिलामा आवश्यक व्यवस्था गर्ने ।
(झ) आयोगको वित्तिय कारोवारको लेखा ठीकसंग राख्न
लगाउने ।
(ञ) आयोगको सम्पत्तिको संरक्षण तथा संचालन सम्बन्धमा
आवश्यक कार्य गर्ने गराउने ।
(ट) आयोगको केन्द्रिय कार्यालयको आन्तरिक संगठन व्यवस्थित
गर्ने तथा प्रशासकिय र दैनिक कार्य संचालन गर्ने गराउने ।
(ठ) आयोग तथा अध्यक्षबाट प्रत्यायोजित अन्य कार्यहरु गर्ने ।
(२) सचिवले ऐन तथा ऐन अन्तर्गत बनेका नियमले तोकेका काम, कर्तव्य
र अधिकारको प्रयोग गर्ने ।
(३) सचिवले आफूमा निहित रहेको अधिकार आवश्यकतानुसार आयोगका
अधिकृत कर्मचारीलाई प्रत्यायोजित गर्न सक्नेछन् ।
३.