नियम
८ विद्वत् वृत्ति
(१) आयोगले निम्न विषयमा विद्वत वृत्ति प्रदान गर्न सक्नेछ ः(
(क) पि.एच.डी. अध्ययन ।
(ख) एम. फिल. ।
(ग) स्नातकोत्तर अध्ययन ।
(२) स्नातकोत्तर तहको अध्ययनमा लागेको विद्वत् वृत्ति केवल ती शैक्षिक
कार्यक्रमको हकमा लागू हुनेछ जसमा पर्याप्त मात्रामा स्नातकोत्तर तहका शिक्षकको
अनुपलब्धताको कारण स्नातक तहका शिक्षकबाट अध्ययन कार्य सञ्चालन
गराइएको छ ।
(३) आयोगले प्रत्येक शैक्षिक सत्र शुरु हुनासाथ एम. फिल., स्नातकोत्तर
तह र पि. एच.डि.को लागि विद्वत् बृत्तिको संख्या र क्षेत्र (विषय) तय गरी उपयुक्त
शिक्षकलाई सो बृत्तिका लागि आवेदन गर्न आब्हान गर्नेछ ।
(४) विद्वत्बृत्तिका लागि आवेदन दिनेहरुले प्रस्तुत गर्नुपर्ने विवरण तथा
अन्य कुरा आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।
(५) एम. फिल. तथा पि.एच. डी. का लागि आवेदन गर्नेहरुले आवेदन
पत्र साथ आपूmले सोध गर्न लागेको (चाहेको) विषय, त्यसको उपयोगिता तथा
उपयुक्तता देखाउने गरी कम्तिमा ५ हजार शब्दमा नघटाई कार्यपत्र (प्रस्ताव) समेत
प्रस्तुत गर्नु पर्नेछ ।
(६) प्रस्तुत हुन आएका प्रस्तावहरुको मूल्याङ्कन अनुसन्धान समितिले
गरी आयोगमा आफ्नो मन्तब्य प्रस्तुत गर्नेछ । सोही आधारमा आयोगले विद्वत
वृत्तिको निर्णय गर्नेछ ।
(७) विद्वतवृत्ति प्रदान गर्दा नेपालमा नै अध्ययन हुने विषयका लागि
सामान्यतया नेपालमा र नेपालमा अध्ययन हुन नसक्ने विषयका लागि सार्क क्षेत्रभित्र
अध्ययन गर्नका लागि चाहिने हिसाबले विद्वत वृत्ति प्रदान गरिनेछ ।
(८) विद्वत्बृत्ति सम्बन्धी अन्य कुरा आयोगले निर्धारण गरे बमोजिम
हुनेछ ।