अनुसूची
(नियम ३ को उपनियम (१) सँग सम्बन्धित) गैर आवासीय नेपालीको हैसियतमा नाम दर्ता गराउन दिने निवेदनको ढाँचा

अनुसूची–१

(नियम ३ को उपनियम (१) सँग सम्बन्धित)

गैर आवासीय नेपालीको हैसियतमा नाम दर्ता गराउन दिने निवेदनको ढाँचा

खण्ड–क

विदेशमा बस्ने नेपाली नागरिकहरूको प्रयोजनको लागि

श्री नियोग प्रमुख/सचिवज्यू

…………………….. ।

म देहायको विवरण तथा कागजात संलग्न गरी गैर आवासीय नेपाली सम्बन्धी ऐन,२०६४ को दफा ३ को उपदफा (१) तथा गैर आवासीय नेपाली सम्बन्धी नियमावली, २०६६ को नियम ३ को उपनियम (१) बमोजिम गैर आवासीय नेपालीको रूपमा नाम दर्ता गराउनको लागि यो निवेदन गरेको छु ।

१. निवेदकको,–

(क) नाम, थरः

(ख) नेपालको स्थायी ठेगानाः

(ग) बाबु/आमाको नाम, थर र ठेगानाः

(घ) उमेरः

(ङ) नागरिकता प्रमाणपत्र नं., जारी भएको जिल्ला र मितिः

(च) नेपाली राहदानी नम्वरः

(छ) राहदानी जारी गर्ने कार्यालयको नाम, स्थान र मितिः

२. बसोबास गरिरहेको विदेशी मुलुकको,–

(क) नाम र ठेगानाः

(ख) सो मुलुकमा बसोबास गर्न शुरु गरेको मितिः (एकभन्दा बढी मुलुक भए क्रमशः उल्लेख गर्ने)

३. विदेशमा कुनै पेशा व्यवसाय गरी बसोबास गरिरहेको भए,–

(क) पेशा व्यवसायको विवरण (विदेशमा बस्दा गरेको पेशा व्यवसाय क्रमशः उल्लेख गर्ने):

(ख) हालको पेशा व्यवसाय दर्ता भएको मुलुक र स्थानः

(ग) औसत वार्षिक कारोबार (अमेरिकी डलरमा):

४. विदेशमा कुनै रोजगार गरी बसेको भए,–

(क) रोजगार सम्बन्धी विवरण (विदेशमा रहँदा गरेको रोजगार क्रमशः उल्लेख गर्ने):

(ख) हालको रोजगार दिने संस्थाः

(ग) हाल रोजगार गरिरहेको ठाउँको ठेगानाः

(घ) हाल रोजगार गरिरहेको संस्थामा कहिलेदेखि कार्यरत भएको हो र कहिलेसम्म कार्यरत रहने हो सो अवधिः

(ङ) मासिक/वार्षिक पारिश्रमिक तथा अन्य सुविधाः

५. कुनै अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत रहेको भए,–

(क) संघ, संस्थाको नामः

(ख) कार्यरत रहेको मुलुकः

(ग) कार्यरत रहेको स्थानः

(घ) कार्यरत रहेको अवधि र कहिलेसम्म कार्यरत रहने हो सो अवधिः

(ङ) संघ संस्थाबाट प्राप्त गर्ने पारिश्रमिकः

६. विदेशमा हासिल गरेको ज्ञान, अनुभव वा शीपः

७. नेपालमा लगानी गर्न इच्छा गरेको क्षेत्र र अनुमानित लगानीः

निवेदकको,–

सहीः………………………….

मितिः…………………………

संलग्न कागजातः

१. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि,

२. नेपाली राहदानीको प्रतिलिपि,

३. विदेशमा कुनै व्यवसाय गरी बसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागजात,

४. विदेशमा पेशा वा रोजगारी गरी बसेको भए सो पुष्टि गर्ने कागजात,

५. कुनै अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत रहेको भए सो संस्थाको नियुक्तिपत्र तथा हाल कार्यरत रहेको भन्ने व्यहोरा खुल्ने कागजात,

६. हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो ।

खण्ड (ख)

नेपाली मूलको विदेशी नागरिकको प्रयोजनको लागि

श्री नियोग प्रमुख/सचिवज्यू

…………………….. ।

म देहायको विवरण तथा कागजात संलग्न गरी गैर आवासीय नेपाली सम्बन्धी ऐन,२०६४ को दफा ३ को उपदफा (१) तथा गैर आवासीय नेपाली सम्बन्धी नियमावली,२०६६ को नियम ३ को उपनियम (१) बमोजिम गैर आवासीय नेपालीको रूपमा नाम दर्ता गराउनको लागि यो निवेदन गरेको छु ।

१. निवेदकको,–

(क) नाम, थरः

(ख) बाबु÷आमाको नाम, थर र ठेगानाः

(ग) उमेरः

(घ) राहदानी नम्बरः–

(ङ) राहदानी जारी गर्नेः–

(१) मुलुक                                        (२) जारी गर्ने कार्यालयको नाम

(३) स्थान                                        (४) राहदानी नम्वर तथा जारी भएको मितिः

(५) राहदानी बहाल रहने अवधि

(च) नेपालको नागरिकता परित्याग गरेको भएमा नागरिकता परित्याग गर्नु अघि नेपालमा रहँदाको ठेगानाः

(छ) नेपालको नागरिकता परित्याग गरेको भएमा,–

(१) परित्याग गरेको नागरिकता नम्वरः–

(२) परित्याग गरेको नागरिकता जारी गर्ने जिल्लाः–

(३) परित्याग गरेको मितिः–

(ज) नेपालमा निकटतम नातेदार भए सोको विवरणः–

(१) नाम र थरः–                           (२) ठेगानाः–                          (३) नाताः-

(झ) बाबु, आमा, बाजे, बज्यै नेपालको नागरिक भए निजको,–

      (१) नाम थरः–                                (२) ठेगानाः–                        (३) नागरिकता नंः–

२. बसोबास गरिरहेको मुलुकको,–

(क) नाम र ठेगानाः

(ख) सो मुलुकमा बसोबास गर्न शुरु गरेको मितिः (एकभन्दा बढी मुलुक भए क्रमशः उल्लेख गर्ने)

३. आफू बसोबास गरेको मुलुकमा कुनै पेशा, व्यवसाय वा रोजगार गरी बसेको भए,–

(क) पेशा व्यवसाय वा रोजगारको विवरणः

(ख) हालको पेशा व्यवसाय वा रोजगार गरिरहेको मुलुक र स्थानः

(ग) औसत वार्षिक कारोबार वा आम्दानी (अमेरिकी डलरमा):

४. हासिल गरेको ज्ञान, अनुभव वा शीपः

५. नेपालमा लगानी गर्न इच्छा गरेको क्षेत्र र अनुमानित लगानीः

निवेदकको,–

सहीः………………………….

मितिः…………………………

संलग्न कागजातः

१. बसोबास गरिरहेको मुलुकको नागरिकता खुल्ने कागजात,

२. नेपालको नागरिकता परित्याग गरेको भए सो नागरिकता परित्याग गरेको प्रमाण,

३. बाबु/आमा/बाजे/बज्यैको नागरिकताको प्रमाणपत्र नं., जिल्ला वा निज नेपालको नागरिक भएको व्यहोरा खुल्ने कागजात,

४. नेपालभन्दा बाहिर कुनै देशमा कुनै पेशा वा व्यवसाय गरी बसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागजात,

५. नेपालभन्दा बाहिर कुनै देशमा रोजगारी गरी बसेको भए सो पुष्टि गर्ने कागजात,

६. हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो ।