ज्यालादारीमा काम गर्ने कामदारको सङ्ख्या
१. क्याम्प वर्कर
(क) दुई जनासम्म कर्मचारी भएको खनिज सर्भेक्षण दल भएमा चार जवानसम्म ।
(ख) चार जनाभन्दा बढी कर्मचारी भएको खनिज सर्भेक्षण दल भएमा आठ जवानसम्म ।
२. भरिया
(क) विस्तृत खनिज सर्भेक्षण कार्यमा खटिएको खनिज सर्भेक्षण दल बाहेक अन्य सर्भेक्षण दलले सामान्यतयाः दश जना भरिया र एक जना भरिया नाइकेको सुविधा र साथमा लानुपर्ने मेशिनरी औजार तथा उपकरणका आधारमा भरियाको सुविधा पाउनेछ ।
(ख) खनिज सर्भेक्षण दलमा एक भन्दा बढी कर्मचारी खटिएकोमा प्रत्येक कर्मचारीले दुई जनाका दरले भरिया राख्न सक्नेछ ।
(ग) खनिज सर्भेक्षण अन्तर्गत साइस्मिक स्टेशनहरूमा क्यालिब्रेशनको लागि खटिएको खनिज सर्भेक्षण दलले लैजान पर्ने जोखिमपूर्ण तथा सम्बेदनशिल उपकरणहरू ढुवानी गर्ने भरियाको सङ्ख्या महानिर्देशकले तोकिदिए बमोजिम हुनेछ ।
(घ) जियोफिजिकल सर्भेका लागि खटिएको खनिज सर्भेक्षण दलले खण्ड (क) मा तोकिएका भरियाका अतिरिक्त देहायका कामका लागि देहाय बमोजिम थप भरियाको सुविधा पाउनेछ :–
(१) आई.पी. सर्भेका लागि बाह्र जवानसम्म ।
(२) रेजिस्टिभिटि सर्भेका लागि पाँच जवानसम्म ।
(३) ग्राभिटि सर्भेका लागि पाँच जवानसम्म ।
(४) म्याग्नेटिक सर्भेका लागि पाँच जवानसम्म ।
३. सर्भे हेल्पर
(क) खनिज सर्भेक्षण दलमा खटिएका प्रत्येक प्राविधिक अधिकृतले दुई जनाका दरले सर्भे हेल्परको सुविधा पाउनेछ ।
(ख) खनिज सर्भेक्षण दलले खण्ड (क) का अतिरिक्त देहायका सर्भेका लागि देहाय बमोजिमका सर्भे हेल्पर राख्न सक्नेछ :–
(१) टेप कम्पास सर्भेक्षण (सेक्सन मेजरमेण्ट) प्रति सर्भे टोली तीन जवानसम्म ।
(२) ल्पेन टेबल सर्भेक्षण प्रति सर्भे टेबल चार जवानसम्म ।
(३) थेडोलाइट सर्भेक्षण प्रति सर्भे टेबल चार जवानसम्म ।
(४) जियो केमिकल सर्भेक्षण प्रति सर्भे टोली चार जवानसम्म ।
(५) इञ्जिनियरिङ्ग जियोलजि सर्भेका लागि
(क) एस.पि.टि. टेष्ट प्रति सर्भे आठ जवानसम्म ।
(ख) अगर ड्रिलिङ्ग, प्रति मेशिन चार जवानसम्म ।
(६) जियोफिजिकल सर्भेक्ष्ँणका लागिः
(क) स्टेशन निर्धारण गर्नका लागि चार जवानसम्म ।
(ख) आइ.पी. सर्भेका लागि अठार जवानसम्म ।
(ग) रेजिष्टिभिटि सर्भेका लागि पाँच जवानसम्म ।
(घ) म्याग्नेटिक सर्भेका लागि चार जवानसम्म ।
(ङ) ग्राभिटि खनिज अन्वेषणको लागि बाह्र जवानसम्म ।
(च) पेट्रोलियम अन्वेषणको लागि गरिने ग्राभिटि सर्भेक्षण कार्यका लागिः
(१) थेडोलाइटका लागि चार जवानसम्म ।
(२) लेभलिङका लागि छ जवानसम्म ।
(३) ग्राभिटि रिडिङ र इनरजोन टेरोइन करेक्शन रिडिङको लागि पाँच जवानसम्म ।
(४) टेलेस्कोप कम्पासका लागि छ जवानसम्म ।
(५) प्रत्येक जी पी एस् लागि दुई जवानसम्म ।
४. चौकिदार
(क) खनिज सर्भेक्षण कार्यालय र खनिज अन्वेषण स्थल बेग्ला बेग्लै स्थानमा भएको अवस्थामा विस्तृत खनिज सर्भेक्षण गर्ने दलले अन्वेषण स्थलमा रहेका मेशिन तथा औजार– उपकरणको सुरक्षाका लागि आवश्यक पर्ने चौकिदार ।
(ख) सर्भेक्षण दलले कुनै एक स्थानमा खनिज सर्भेक्षणको कार्य सम्पन्न गरे पछि आफूले ल्याएका मेशिनरी तथा औजार-उपकरण सोही क्षेत्रमा खनिज सर्भेक्षण गर्ने अर्को सर्भेक्षण दलका लागि वा पूनः गरिने खनिज सर्भेक्षणका लागि राख्नु पर्ने भएमा त्यस्ता मेशिन तथा औजार-उपकरणकोे उचित सुरक्षाका लागि आवश्यक पर्ने चौकीदार ।