दफा ११
_ छश्रुट्टाछुट्टै सजाय निर्धारण गर्नु पर्ने
: (१) एकै वारदातमा एकभन्दा बढी कसूर गर्ने कसूरदारलाई सजाय निर्धारण गर्दा प्रत्येक कसूर अलग अलग भएको मानी त्यस बापत छुट्टाछुट्टै सजाय निर्धारण गर्नु पर्नेछ ।

७ मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित ।

१८ मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा झिकिएको । २) दुई वा त्यसभन्दा बढी कामबाट कुनै कसूर हुने रहेछ र त्यस्ता काममध्ये कुनै एक काम आफैमा छुट्टै कसूर हुने रहेछ भने सबैभन्दा बढी सजाय हुने कसूरमा मात्र सजाय हुनेछ ।

(३) कुनै एक काम बापत विभिन्न ऐन अन्तर्गत छुट्टाछुट्टै कसूर हुने रहेछ भने जुन ऐन अन्तर्गत बढी सजाय हुन्छ सोही ऐन बमोजिमको सजाय कार्यान्वयन हुनेछ ।

तर सजाय निर्धारण गर्दा प्रत्येक कसूर बापत छुट्टा छुट्टै सजाय तोक्नु पर्नेछ ।

स्पष्टीकरण यस दफाको प्रयोजनका लागि कैद र जरिबानालाई छुट्टा छुट्टै सजाय

भएको मानिनेछ र छुट्टा छुट्टै कार्यान्वयन गर्नु पर्नेछ ।