दफा २
उद्देश्य
२. उद्देश्य
२.१ अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने गरी व्यापार व्यवसायको प्रवद्र्धन गर्न अनुकूल वातावरणको सिर्जना गर्ने ।
२.२ आयातलाई निर्यात व्यापार वृद्धितर्फ आबद्ध गरी विश्व बजारमा मूल्य अभिवृद्धियुक्त वस्तुको निकासी बढाई व्यापार घाटा कम गर्ने ।
२.३ वस्तु तथा सेवा व्यापारलाई प्रतिस्पर्धी एवं सुदृढ बनाई आय तथा रोजगारीका अवसर बढाउने र गरिबी घटाउन सहयोग पु¥याउने माध्यमको रूपमा उपयोग गर्ने ।
२.४ आन्तरिक व्यापार र वैदेशिक व्यापारबीचको अन्तर–सम्बन्ध स्पष्ट रूपमा स्थापित गरी एक अर्काको परिपूरक रूपमा विकास गर्ने ।