दफा ९
क्षतिपूर्ति
(१) कसैले यस ऐन बमोजिमको कसूर गरेको ठहरेमा अदालतले कसूरदारबाट पीडितलाई दुई लाख रुपैयाँसम्म क्षतिपूर्ति भराइदिनु पर्नेछ ।
(२) कसूरदारले पीडितलाई कुनै शारीरिक हानि, नोक्सानी पुर्याएको रहेछ भने अदालतले सोको प्रकृतिको आधारमा उपचार खर्च वा थप हानि, नोक्सानी वापत कसूरदारबाट पीडितलाई मनासिब रकम भराउने आदेश दिनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिमको रकम कसूरदारबाट तत्काल भराउन नसकिने भएमा त्यस्तो रकम प्रचलित कानून बमोजिम पीडित राहत कोषबाट भराइदिनु पर्नेछ र त्यसरी भराइएको रकम सम्बन्धित कसूरदारबाट असूल उपर गरी सो कोषमा शोधभर्ना गर्नु पर्नेछ ।