दफा ५०
दम्पति
(१) बासिन्दा प्राकृतिक व्यक्ति र सो व्यक्तिको बासिन्दा पति वा पत्नी दुवैले लिखित सूचना दिएर कुनै खास आय वर्षमा कर प्रयोजनको लागि एउटै प्राकृतिक व्यक्तिको रुपमा मानिने गरी छनौट गर्न सक्नेछन्‌ ।

(२) कुनै आय वर्षको सम्बन्धमा उपदफा (१) मा उल्लिखित व्यवस्था छनौट गर्ने दम्पतीमध्ये पति वा पत्नीले सो वर्षमा बुझाउनुपर्ने करको लागि एक अर्कोप्रति संयुक्त रुपमा र छुट्टाछुट्टै रुपमा जिम्मेवार हुनेछन्‌ ।

(३) उपदफा (१) र(२) मा जुनसुकै कुरा लेखिएको भए तापनि आश्रितलाई भरणपोषण गर्नुपर्ने बासिन्दा विधवा वा विधुरलाई दम्पती सरह मानिनेछ ।