दफा
परिचय

१. परिचय

विश्वव्यापी साझा समस्याको रुपमा रही आएको लागुऔषधको प्रयोग नेपालमा पनि समस्याको रुपमा देखा परेको छ । नेपालमा मदिरा, सुर्तिजन्य पदार्थ एवं गाँजा चरेसको प्रयोग पनि दिनानुदिन बढ्दै गएको छ । हेरोइन तथा अफिम जस्ता लागुपदार्थको प्रयोगले यो समस्यालाई अझ बढाएको छ । हालका दिनहरुमा सुईको माध्यमबाट लागुपदार्थको प्रयोग क्रम पनि बढ्दै गएको छ । यसमा लागुऔषधयुक्त सुई औषधी  तथा सिन्थेसाइज्ड केमिकलहरु  समेत लागुऔषधको रूपमा प्रयोग हुनुले समस्या अझै बढ्ने क्रम जारी छ ।
एक सर्वेक्षणका अनुसार नेपालमा कडाखाले लागुऔषध प्रयोगकर्ता (ज्बचम म्चगनक ग्कभचक) को संख्या ४६ हजार भन्दा बढी देखिएको छ । यी मध्ये सबैभन्दा बढी काठमाडौं उपत्यका र त्यसपछि पोखरा तथा झापामा छन् । यसको साथै विराटनगर, वीरगञ्ज, धरान, बुटवल, नेपालगञ्ज जस्ता शहरी क्षेत्र लगायत अन्य विभिन्न शहरी तथा शहर उन्मुख क्षेत्रहरुमा समेत यस्ता लागुऔषध प्रयोगकर्ताको संख्या क्रमश ः वढदै गएको पाइएको छ । लागुऔषधकोे प्रयोग विशेष गरी किशोर किशोरीहरुमा बढी देखिएको छ । प्राप्त तथ्याङ्क अनुसार लागुऔषध प्रयोगकर्ता मध्ये करिव तीन चौथाई संख्या विस वर्ष भन्दा कम उमेर समूहको छ । यसैगरी करिव एकसठ्ठी प्रतिशतले सुइको माध्यमबाट लागुऔषधको प्रयोग गर्नेगरेको देखिन्छ भने यी मध्ये उनन्तीस प्रतिशतले एक आपसमा सुई साटासाटको माध्यमबाट यस्ता औषधी प्रयोग गरेको देखिन्छ । यसरी असुरक्षित सुईको प्रयोगबाट एच्.आई.भी., हेपाटाईटिस वी÷सी तथा अन्य रगतजन्य रोगहरु सर्नसक्ने खतरा अध्ययनले देखाएको छ । यसका अतिरिक्त लागुऔषधको प्रयोगकर्ताबाट हुने असुरक्षीत यौन सम्पर्कले पनि माथि उल्लेखित रोगहरु बढाउन थप मद्दत पुग्ने अनुसन्धानले देखाएको छ । लागुपदार्थको अवैध ओसार–पसार एवं कारोवारलाई हातहतियार तस्करी पछिको दोस्रो ठूलो अपराधको रुपमा लिइन्छ । यसको अवैध ओसार–पसार एवं नियन्त्रण गर्न कानून कार्यान्वयन निकायहरु क्रियाशील रहे पनि अन्तर्राष्ट्रिय रुपमा संगठित र सक्रिय गिरोहको संजालले गर्दा यसकोे ओसार–पसार र नियन्त्रण गर्ने कार्य चुनौतीको रुपमा देखिएको छ । नेपाल लागुपदार्थ उत्पादन र ओसार–पसार गर्ने गोल्डेनद्द ट्रयाङ्गल र गोल्डेन क्रिसेन्टको नजिक पर्ने हँुदा यहाँको भूमिलाई लागुपदार्थ ओसार पसार गर्ने सहज बाटोको रुपमा प्रयोग गर्ने गरेको पाइन्छ । लागुऔषध प्रयोगकर्तालाई थप जोखिममा पर्न नदिइ उनीहरुलाई आवश्यक उपचार सेवा प्रदान गरी समाजमा पुनस्थापना गराउने सरकारी नीति छ । यसको लागि लागुऔषध प्रयोगकर्तालाई दुव्र्यसनीको
रुपमा हेर्ने विद्यमान सामाजिक सोच र प्रवृत्तिमा आमूल परिवर्तन आवश्यक छ । लागुऔषध प्रयोगकर्तामाथि मानवीय व्यवहार र उनीहरुको मानव अधिकारको सम्मान पनि त्यत्तिकै आवश्यक छ । यसको साथै उनीहरुको उपचारलाई सार्वजनिक सरोकार   रुपमा
लिनुपर्ने खाँचो पनि उत्तिकै देखिएको छ । गुणस्तरीय र भरपर्दो उपचार तथा पुनस्थापना सेवामा लागुऔषध प्रयोगकर्ताहरुको पहुँच वढाउन पनि उत्तिकै जरुरी छ । यसको लागि लागुऔषध प्रयोगकर्तालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न छुट्टै संयन्त्र र सञ्चालन सेवाको खाँचो क्रमशःबढ्दै छ । लागुऔषध दुव्र्यसन रहित स्वस्थ र समुन्नत समाजको प्राप्तीको लागि लागुऔषध नियन्त्रण राष्ट्रिय नीति, २०६३ लागु भैसकेको छ । लागु पदार्थको अवैध ओसार–पसार, कारोवार एवं आपूर्तिमा कडाईका साथ नियन्त्रण ९क्गउउथि ऋयलतचय)ि गरी यससँग सम्बन्धित अपराधमा कमी ल्याउन विभिन्न नियन्त्रणमुखी कार्यक्रमहरु सञ्चालन गर्नु पनि उत्तिकै जरुरी छ । यसैगरी लागुपदार्थको अवैध खेती एवं ओसार पसारलाई निरुत्साहित गर्न विभिन्न दवावमूलक कार्यक्रमका साथै सो सँग सम्बन्धित सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी तुल्याउनु आवश्यक देखिन्छ । लागुऔषधको प्रयोगबाट जोखिममा परेका समूहहरुको पहिचान गरी त्यस्ता समूह लक्षित समुदायमा आधारित विभिन्न कार्यक्रमहरु सञ्चालन गरी लागुपदार्थको माग घटाउ  अभियानलाई थप प्रभावकारी बनाउनु जरुरी छ । साथै लागुऔषध प्रयोगकर्ताको क्षति न्यूनीकरणको लागि पनि समुदायमा आधारित विभिन्न गैरसरकारी संस्थाहरुसँग मिलेर कार्यक्रमहरु सञ्चालन गर्नु समेत उत्तिकै आवश्यक छ । खास गरी लागुऔषधको जोखिममा परेका महिला तथा युवाहरुलाई लक्षित गरी उपचार तथा पुनस्थापनाका सघन कार्यक्रमहरु गर्न सकिएमा पनि लागुऔषधको माग घटाउ अभियानमा उल्लेख्य सहयोग पुग्ने देखिन्छ । खासगरी लागुऔषधको प्रयोग, रोकथाम तथा नियन्त्रण ९एचभखभलतष्यल ७ को विषय सर्व सम्बन्धित  विषय हो । राज्यको एक्लो प्रयासबाट मात्रै यसको उचित व्यवस्थापनघ गर्न कठीन हुन्छ । यसका लागि सरकारी तथा गैरसरकारी पक्ष, नागरिक समाज, नीजि क्षेत्र, विज्ञ एवं प्रयोगकर्ता तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरुको संयुक्त सहकार्यको पनि त्यत्तिकै खाँचो पर्छ । यही मान्यताका आधारमा माथि उल्लेखित पक्षहरु वीच पटक पटक छलफल, कार्यशाला गोष्ठी तथा परामर्शमा गृह मन्त्रालयबाट सघन रुपमा परिष्कृत गरी यो रणनीति तयार पारिएको हो । अतः लागुऔषध नियन्त्रण राष्ट्रिय नीति,२०६३ ले लक्षित गरेका उद्देश्यहरु यो रणनीतिको कार्यान्वयनबाट पूरा हुने अपेक्षा गरिएको छ ।