दफा
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा,–
(क) “आयोडिनयुक्त नून” भन्नाले न्यूनतम छयान्नब्बे प्रतिशत सोडियम क्लोराईड भएको धूलो वा दानादार ठोस अवस्थामा रहेको सेतो, फिक्का गुलाबी वा कैलो रङ्गको भई देखिने गरी माटो, गिर्खा, ढुंगा र उद्धरण गर्न सकिने बाहृय पदार्थ वा फोहरमैला नमिसिएको र दफा १५ बमोजिम निर्धारित गुणस्तर भएको आयोडिनयुक्त नून सम्झनु पर्छ ।
(ख) “अनुमतिपत्र” भन्नाले आयोडिनयुक्त नूनको उत्पादन, पैठारी, आपूर्ति वा बिक्री वितरण गर्न दफा ७ बमोजिम दिइने अनुमतिपत्र सम्झनु पर्छ ।
(ग) “समिति” भन्नाले दफा १२ बमोजिम गठित आयोडिन अभावजन्य विकार निवारण समिति सम्झनु पर्छ ।
(घ) “उत्पादन” भन्नाले आयोडिन नभएको नूनमा आयोडिन मिश्रण गरी आयोडिनयुक्त नूनको उत्पादन गरिने कार्य सम्झनु पर्छ ।
(ङ) “उत्पादक” भन्नाले प्रत्यक्ष रुपमा वा एजेण्ट मार्फत वा सम्झौताद्वारा वा सम्झौता अन्तर्गत नियन्त्रित व्यक्ति मार्फत उत्पादनमा संलग्न भएको अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्था सम्झनु पर्छ ।
(च) “संस्था” भन्नाले प्रचलित कानून बमोजिम दर्ता भएको फर्म, कम्पनी वा संगठित संस्था सम्झनु पर्छ ।
(छ) “पैठारी” भन्नाले आयोडिनयुक्त नून वा आयोडिन नभएको नून नेपाल………. मा आयात गरिने कार्य सम्झनु पर्छ ।
(ज) “पैठारीकर्ता” भन्नाले आयोडिनयुक्त नून पैठारी गर्न अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्था सम्झनु पर्छ ।
(झ) “आपूर्ति” भन्नाले आयोडिनयुक्त नुनलाई वितरक वा उपभोक्तासम्म पुर्याउने कार्य सम्झनु पर्छ ।
(ञ) “आपूर्तिकर्ता” भन्नाले आयोडिनयुक्त नून आपूर्ति गर्ने अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्था सम्झनु पर्छ ।
(ट) “बिक्री वितरण” भन्नाले उत्पादकको तर्फबाट आयोडिनयुक्त नूनको सूचना सेवा उपलब्ध गराउने, प्रबद्र्धन गर्ने, विज्ञापन गर्ने, नमूना वितरण गर्ने तथा त्यस्तो आयोडिनयुक्त नून बजारमा ल्याउने सम्बन्धी अन्य कुनै कार्य सम्झनु पर्छ ।
(ठ) “वितरक” भन्नाले आयोडिनयुक्त नूनको थोक वा खुद्रा रुपमा बिक्री वितरण गर्ने कार्यमा संलग्न व्यक्ति सम्झनु पर्छ ।
(ड) “निरीक्षक” भन्नाले दफा १८ को उपदफा (१) बमोजिम नियुक्त भएको वा तोकिएको निरीक्षक सम्झनु पर्छ ।
(ढ) “लेबल” भन्नाले आयोडिनयुक्त नून प्याक गर्ने प्याकेजमा लेखिएको, छापिएको, लिथो गरिएको, चिन्ह लगाइएको, इम्बोस गरिएको, समावेश गरिएको वा अन्य किसिमले देखाइएको ट्याग, चिन्ह, तस्वीर वा अन्य विवरणात्मक वस्तु सम्झनु पर्छ ।
(ण) “नमूना” भन्नाले परीक्षणको लागि वा व्यापार प्रबद्र्धनको लागि तयार गरिएको आयोडिनयुक्त नूनको सानो परिमाण सम्झनु पर्छ ।
(त) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।