नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले राष्ट्र ऋण ऐन, २०५९ सम्झनु पर्छ ।
(ख) “प्राथमिक निष्काशन” भन्नाले नियम ३ बमोजिम गरिने ऋणपत्रको प्राथमिक निष्काशन सम्झनु पर्छ ।
(ग) “बोलकबोल” भन्नाले कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले ऋणपत्र खरिद गर्न मन्जूर गरी बोलकबोल फाराममा उल्लेख गरेको मूल्य वा रकम सम्झनु पर्छ ।
(घ) “कट्टि मूल्य (कट अफ प्राईस)” भन्नाले बोलकबोल आह्वान वा स्वीकार गर्दा बैड्ढले तोकिदिएको न्यूनतम मूल्य सम्झनु पर्छ ।
(ङ) “दोस्रो बजार कारोबार” भन्नाले एक पटक निष्काशन तथा बाँडफाँड भइसकेको ऋणपत्रको खरिद, बिक्री वा विनिमय सम्बन्धी कारोबार सम्झनु पर्छ ।
(च) “धितोपत्र बजार” भन्नाले प्रचलित कानून बमोजिम धितोपत्रको कारोबार गर्न अनुमति प्राप्त धितोपत्र बजार सम्झनु पर्छ ।
(छ) “धितोपत्र बोर्ड” भन्नाले प्रचलित कानून बमोजिम स्थापना भएको धितोपत्र बोर्ड सम्झनु पर्छ ।
(ज) “बजार निर्माता” भन्नाले प्रचलित कानून बमोजिम धितोपत्रको कारोबार गर्न बजार निर्माताको रुपमा धितोपत्र व्यवसायीको प्रमाणपत्र प्राप्त संगठित संस्था सम्झनु पर्छ ।
(झ) “दलाल” भन्नाले प्रचलित कानून बमोजिम धितोपत्र दलाल व्यवसायीको रुपमा प्रमाणपत्र प्राप्त संगठित संस्था सम्झनु पर्छ ।
(ञ) “ग्राहक” भन्नाले यस नियमावली बमोजिम ऋणपत्र खरिद वा बिक्री गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्था सम्झनु पर्छ ।