नियम
परिभाषा
:  विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “कोष” भन्नाले नियम ३ बमोजिम खडा भएको औद्योगिक पुनरुत्थान कोष सम्झनु पर्छ ।
(ख) “रुग्ण उद्योग” भन्नाले प्राविधिक समितिको सिफारिसमा समितिले तोकेको मापदण्ड भित्र परेका उद्योग सम्झनु पर्छ ।
(ग) “समिति” भन्नाले नियम ६ बमोजिमको औद्योगिक पुनरुत्थान कोष सञ्चालन समिति सम्झनु पर्छ ।
(घ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्ष समेतलाई जनाउँनेछ ।
(ङ) “मुख्य प्रशासकीय अधिकृत” भन्नाले नियम १६ को उपनियम (२) बमोजिमको मुख्य प्रशासकीय अधिकृत सम्झनु पर्छ ।
(च) “प्राविधिक समिति” भन्नाले नियम ९ बमोजिमको समिति सम्झनु पर्छ ।