नियम २
परिभाषा
– विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क)“आयोजना” भन्नाले जग्गा विकास कार्यक्रम सम्बन्धी आयोजना सम्झनु पर्छ ।
(ख) “ऐन” भन्नाले काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन,२०४५ सम्झनु पर्छ ।
(ग) “उपभोक्ता समिति” भन्नाले सम्बन्धित जग्गाधनी वा मोहीहरुमध्येबाट जग्गा विकास सम्बन्धी आयोजनाको रेखदेख र बन्दोवस्त गर्न गठन भएको उपभोक्ताहरुको समूह सम्झनु पर्छ ।
(घ) “कर्मचारी” भन्नाले प्राधिकरणमा वहाल रहेका कर्मचारी सम्झनु पर्छ ।
(ङ) “जग्गा विकास कार्यक्रम” भन्नाले ऐनको दफा १० बमोजिम सञ्चालित जग्गा विकास कार्यक्रम सम्झनु पर्छ र सो शब्दले यस नियमावली बमोजिम स्वीकृति लिई स्थानीय निकायले सञ्चालन गरेको जग्गा विकास कार्यक्रम समेतलाई जनाउँछ ।
(च) “मन्त्रालय" भन्नाले नेपाल सरकारको, सहरी विकास मन्त्रालय सम्झनु पर्छ ।
(छ) "स्थानीय तह" भन्नाले योजना क्षेत्रभित्रका गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ ।