दफा २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “बोर्ड” भन्नाले दफा ३ बमोजिम गठन भएको खानेपानी व्यवस्थापन बोर्ड सम्झनु पर्छ र सो शब्दले दफा ७ बमोजिम गठन भएको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसमेतलाई जनाउँछ ।
(ख) “समिति” भन्नाले दफा १० र ११ बमोजिम गठन भएको बोर्डको कार्यकारी समिति सम्झनु पर्छ ।
(ग) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ र सो शब्दले अध्यक्षको अनुपस्थितिमा अध्यक्षको काम गर्ने अन्य कुनै व्यक्तिसमेतलाई जनाउँछ ।
(घ) “सदस्य” भन्नाले कार्यकारी समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्षसमेतलाई जनाउँछ ।
(ङ) “नगरपालिका” भन्नाले स्थानीय स्वायत्त शासन ऐन, २०५५ बमोजिम गठित नगरपालिका सम्झनु पर्छ ।
(च) “संस्थान” भन्नाले नेपाल खानेपानी संस्थान ऐन, २०४६ बमोजिम स्थापित नेपाल खानेपानी संस्थान सम्झनु पर्छ ।
(छ) “भौगोलिक क्षेत्र” भन्नाले बोर्डले खानेपानी वा सरसफाई सेवा सञ्चालन तथा व्यवस्थापन गर्न गराउन दफा ५ बमोजिम तोकेको क्षेत्र सम्झनु पर्छ ।
(ज) “प्राकृतिक पानी” भन्नाले सनातनदेखि ढुङ्गेधारा, कुवा, नदी, खोला, इनार, पोखरी, ताल वा सतही प्राकृतिक स्रोतबाट निःसृत भएको वा भूमिगत स्रोतबाट निकालिएकोे पानी सम्झनु पर्छ ।
(झ) “खानेपानी सेवा” भन्नाले प्राकृतिक पानीलाई प्रशोधन तथा शुद्धिकरण गरी उपभोक्तालाई पानी उपलब्ध गराउने काम सम्झनु पर्छ ।
(ञ) “सरसफाई सेवा” भन्नाले मानव मलमूत्रबाट वा घरेलु, व्यापारिक वा औद्योगिक उपयोग पश्चात् निष्काशन भएको फोहर पानी तथा त्यस्तो पानीमा मिश्रित सबै किसिमका फोहर पदार्थलाई नष्ट गर्ने, निष्काशन गर्ने, प्रशोधन गर्ने वा शुद्धिकरण गर्ने काम सम्झनु पर्छ ।
(ट) “सेवा” भन्नाले खानेपानी वा सरसफाई सेवा सम्झनु पर्छ ।
(ठ) “अनुमतिपत्र” भन्नाले सेवा सञ्चालन तथा व्यवस्थापन गर्न सेवाप्रदायकलाई दिइएको अनुमतिपत्र सम्झनु पर्छ ।
(ड) “सेवाप्रदायक” भन्नाले महसुल लिई सेवा उपलब्ध गराउने कुनै व्यक्ति, उपभोक्ता समूह वा संगठित संस्था सम्झनु पर्छ र सो शब्दले बोर्डसँग सम्झौता गरी सेवा प्रदान गर्ने अन्य कुनै व्यक्तिसमेतलाई जनाउँछ ।
(ढ) “सेवा प्रणाली” भन्नाले खानेपानी वा सरसफाई सेवा प्रदान गर्ने उद्देश्यले निर्माण वा जडान गरिएको पाइप, जलाशय वा खानेपानी, फोहर पानी वा ढल मिसिएको पानी प्रशोधन वा शुद्धिकरण गर्ने प्लाण्ट वा त्यस्तै किसिमका अन्य उपकरण वा संरचना सम्झनु पर्छ ।
(ण) “महसुल” भन्नाले सेवाप्रदायकले सेवा प्रदान गरेबापत उपभोक्ताबाट लिन पाउने महसुल सम्झनु पर्छ ।
(त) “कार्यकारी निर्देशक” भन्नाले दफा १७ बमोजिम नियुक्त बोर्डको कार्यकारी निर्देशक सम्झनु पर्छ ।
(थ) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐनअन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।