दफा २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “सार्वजनिक निर्माण कार्य” भन्नाले प्रचलित कानून बमोजिम नेपाल सरकार तथा नेपाल सरकारको पूर्ण स्वामित्व भएको संगठित संस्थाको तर्फबाट सम्पन्न गरिने जुनसुकै प्रकारका निर्माण सम्बन्धी कार्य सम्झनु पर्छ र सो शब्दले पुन निर्माण तथा मर्मत सम्भारको कार्य समेतलाई जनाउँछ ।
(ख) “निर्माण व्यवसायी” भन्नाले निर्माण व्यवसाय संचालन गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम दर्ता भएको फर्म वा कम्पनी सम्झनु पर्छ ।
(ग) “विदेशी निर्माण व्यवसायी” भन्नाले विदेशी मुलुकमा दर्ता भएको निर्माण व्यवसाय सम्बन्धी कार्य गर्ने फर्म वा कम्पनी सम्झनु पर्छ ।
(घ) “इजाजतपत्र” भन्नाले सार्वजनिक निर्माण कार्य गर्नको लागि दफा ४ बमोजिम दिइने इजाजतपत्र सम्झनु पर्छ ।
(ङ) “अस्थायी इजाजतपत्र” भन्नाले सार्वजनिक निर्माण कार्य गर्नको लागि दफा ६ बमोजिम विदेशी निर्माण व्यवसायीलाई दिइने इजाजतपत्र सम्झनु पर्छ ।
(च) “संगठित संस्था” भन्नाले नेपाल सरकारको पूर्ण स्वामित्व भएको संगठित संस्था सम्झनु पर्छ ।
(छ) “प्राविधिक” भन्नाले सार्वजनिक निर्माण कार्यमा रेखदेख र सुपरिवेक्षण गर्न नेपाल सरकार तथा सम्बन्धित संगठित संस्थाको तर्फबाट खटिएको प्राविधिक कर्मचारी सम्झनु पर्छ ।
(ज) “गुणस्तर” भन्नाले सार्वजनिक निर्माण कार्य गर्न गराउनको लागि आव्हान भएको प्रस्ताव अनुसार प्रस्तावक र सो प्रस्तावको स्वीकृतिकर्ताको बीच भएको सम्झौतापत्र वा त्यस्तो सम्झौतापत्रको अभिन्न अंगको रुपमा रहेको कागजात, ड्रइङ्ग, डिजाइन तथा स्पेसिफिकेशनमा उल्लेख भए बमोजिमको गुणस्तर सम्झनु पछ्र्र ।
(झ) “परिषद्” भन्नाले दफा १३ बमोजिम गठित निर्माण व्यवसाय विकास परिषद् सम्झनु पर्छ ।
(ञ) “समिति” भन्नाले दफा १५ बमोजिम गठित कार्यान्वयन समिति सम्झनु पर्छ ।
(ट) “तोकिएको वा तोकिए बमोजिम” भन्नाले यस ऐन अन्र्तगत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।