दफा
परिभाषा
  विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “अध्यक्ष” भन्नाले आयोगको अध्यक्ष सम्झनु पर्छ ।
(ख) “आयोग” भन्नालेसंविधानको धारा १५४ बमोजिमको न्याय सेवा आयोग सम्झनु पर्छ ।
(ग) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(घ) “जिल्ला न्यायाधीश” भन्नाले संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम नियुक्त हुने जिल्ला अदालतको न्यायाधीश सम्झनु पर्छ ।
(ङ) “सदस्य” भन्नाले आयोगको सदस्य सम्झनु पर्छ ।
(च) “सेवा” भन्नाले संघीय न्याय सेवा सम्झनु पर्छ ।
(छ) “संविधान” भन्नाले नेपालको संविधान सम्झनु पर्छ ।