दफा
परिभाषा
 विषय वा प्रसंङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा –
(क) “अन्तर्राष्ट्रिय वित्तीय कारोबार” भन्नाले अनुमतिपत्र प्राप्त संस्थाले यस ऐन बमोजिम सञ्चालन गर्ने कुनै वित्तीय कारोबार सम्झनु पर्छ ।
(ख) “अन्तर्राष्ट्रिय वित्तीय संस्था” भन्नाले दफा ४ बमोजिमको वित्तीय संस्था सम्झनु पर्छ ।
(ग) “प्रवद्र्धन समिति” भन्नाले दफा ९ बमोजिम गठन भएको अन्तर्राष्ट्रिय वित्तीय कारोबार प्रवद्र्धन समिति सम्झनु पर्छ ।
(घ) “अनुमतिपत्र” भन्नाले यस ऐन बमोजिम अन्तर्राष्ट्रिय वित्तीय कारोबार गर्नको लागि दफा १४ बमोजिम दिईएको अनुमतिपत्र सम्झनु पर्छ ।
(ङ) “अनुमतिपत्र प्राप्त संस्था” भन्नाले यस ऐन बमोजिम अन्तर्राष्ट्रिय वित्तीय कारोबार गर्न अनुमतिपत्र प्राप्त अन्तर्राष्ट्रिय वित्तीय संस्था सम्झनु पर्छ ।
(च) “कार्यान्वय समिति” भन्नाले दफा ११ बमोजिम गठन भएको अन्तर्राष्ट्रिय वित्तीय कारोबार कार्यान्वयन समिति सम्झनु पर्छ ।
(छ) “नेपालमा बसोबास गर्ने ब्यक्ति” भन्नाले देहायको कुनै ब्यक्ति सम्झनु पर्छ ः
(१) नोकरी, व्यापार वा अन्य कुनै ब्यवसाय गरी वा अन्य कुनै कामले तोकिएकोभन्दा बढी अवधिको लागि नेपाल ………. बाहिर बसोबास गरिरहेका नेपाली नागरिक बाहेक अरु नेपाली नागरिक,
(२) नोकरी ब्यापार वा अन्य कुनै ब्यवसाय गरी तोकिएकोभन्दा बढी अवधिको लागि नेपालमा बसोबास गरिरहेका गैर नेपाली नागरिक,
(३) प्रचलित कानुनबमोजिम नेपालमा दर्ता भएको कुनै संस्था ।
(ज) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।