विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु” भन्नाले आमाको दूधलाई आंशिक वा पूर्ण रुपमा प्रतिस्थापन गर्न बिक्री वितरण गरिएको खाद्य वस्तु सम्झनु पर्छ ।
(ख) “भाँडो (कण्टेनर)” भन्नाले कुनै उत्पादन खुद्रा इकाईको रुपमा बिक्रीको लागि प्रयोग हुने कुनै पनि किसिमको “पोका (प्याकेज)” सम्झनु पर्छ र सो शब्दले बेरबार पार्ने वस्तु (र्यापर्स) लाई समेत जनाउँछ ।
(ग) “समिति” भन्नाले दफा ४ बमोजिम गठित स्तनपान संरक्षण तथा सम्वद्र्धन समिति सम्झनु पर्छ ।
(घ) “उत्पादन” भन्नाले देहायको कुनै चीज वस्तु सम्झनु पर्छः–
(१) आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु,
(२) कुनै परिवर्तन सहित वा विना परिवर्तन बच्चालाई खुवाउन प्रयोग गर्नेमा अनुकूल हुने गरी बिक्री वितरण गरिएको कुनै पनि प्रकारको दूध,
(३) बच्चालाई खुवाउन अनुकूल हूने गरी बिक्री वितरण गरिएको अन्य कुनै खाद्य वा पेय पदार्थ,
(४) दूधदानी र मुन्टो ।
(ङ) “वितरक” भन्नाले कुनै उत्पादन, थोक वा खुद्रा रुपमा बिक्री वितरण गर्ने कार्यमा संलग्न व्यक्ति सम्झनु पर्छ र सो शब्दले कुनै उत्पादन सम्बन्धी जनसम्पर्क सेवा वा सूचना उपलब्ध गराउने कार्यमा संलग्न व्यक्तिलाई समेत जनाउँछ ।
(च) “स्वास्थ्य हेरचाह गर्ने निकाय” भन्नाले स्वास्थ्य हेरचाह गर्ने कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न सरकारी, गैर सरकारी वा निजी संस्था वा संगठन वा व्यक्ति सम्झनु पर्छ र सो शब्दले नर्सरी (बालगृह) र अन्य बाल हेरचाह संस्थाहरुलाई समेत जनाउँछ ।
(छ) “स्वास्थ्य व्यवसायी” भन्नाले चिकित्सक, दर्तावाला नर्स वा पोषणविज्ञ वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकी दिएको यस्तै अन्य व्यक्तिहरु सम्झनु पर्छ ।
(ज) “स्वास्थ्य कार्यकर्ता” भन्नाले स्वास्थ्य हेरचाह गर्ने निकायमा काम गरिरहेको वा काम गर्न तालीम लिई रहेको र स्वास्थ्य हेरचाह गर्ने कार्यमा संलग्न पारिश्रमिक लिने वा नलिने व्यक्ति सम्झनु पर्छ ।
(झ) “बच्चा” भन्नाले बाह्र महीना सम्मको उमेरको शिशु सम्झनु पर्छ ।
(ञ) “बालसूत्र” भन्नाले चार देखि छ महीनासम्मको उमेरका बच्चाहरुको सामान्य पोषण आवश्यकता पूर्ति गर्ने उद्देश्यले तथा त्यस्ता बच्चाहरुको शारीरिक बनौटलाई मिल्ने गरी प्रचलित नेपाली गुणस्तर अनुरुप तयार गरिएको आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु सम्झनु पर्छ ।
(ट) “लेवल” भन्नाले उत्पादन राखिएको भाँडोमा लेखिएको, छापिएको, लिथो गरिएको, चिन्ह लगाईएको, इम्बोर्स गरिएको, समावेश गरिएको वा अन्य किसिमले देखाईएको ट्याग, चिन्ह, तस्वीर वा अन्य विवरणात्मक वस्तु सम्झनु पर्छ ।
(ठ) “उत्पादक” भन्नाले उत्पादन वा निर्माण गर्ने कारोबारमा प्रत्यक्ष रुपमा वा एजेण्ट मार्फत वा सम्झौताद्वारा वा सम्झौता अन्तर्गत नियन्त्रित व्यक्ति मार्फत संलग्न व्यक्ति सम्झनु पर्छ ।
(ड) “बिक्री वितरण” भन्नाले उत्पादनको प्रवद्र्धन, वितरण, विज्ञापन, नमूना वितरण, जनसम्पर्क तथा सूचना सेवा लगायत त्यस्तो उत्पादन बजारमा ल्याउने वा बिक्री गर्ने कुनै कार्य सम्झनु पर्छ ।
(ढ) “नमूना” भन्नाले विना मूल्य प्रदान गरिने उत्पादनको एउटा वा सानो परिमाण सम्झनु पर्छ ।
(ण) “पूरक खाद्य पदार्थ” भन्नाले आमाको दूध वा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बच्चाको पोषण आवश्यकता पूरा गर्न अपर्याप्त भएको अवस्थामा पूरकको रुपमा प्रयोग गर्ने उपयुक्त खाद्य पदार्थ सम्झनु पर्छ ।
(त) “मन्त्रालय” भन्नाले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्झनु पर्छ।
(थ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

(त) “मन्त्रालय” भन्नाले नेपाल सरकार, स्वास्थ्य मन्त्रालय सम्झनु पर्छ ।