विषय वा प्रसङ्गले अर्काे अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(ख ‘‘एकल महिला” भन्नाले आर्थिक दृष्टिले विपन्न देहायका महिला सम्झनु पर्छ :–
(१) सम्बन्ध विच्छेद गरेकी महिला,
(२) विधवा,
(३) पैंतीस वर्ष उमेर पूरा गरेकी अविवाहित महिला,
(४) पाँच वर्ष भन्दा बढी समयदेखि पति हराई वा बेपत्ता भएकी महिला,
(५) अंशवण्डा गरी वा मानो छुट्टिई पतिसँग अलग बसेकी महिला ।
(ग) “कोष” भन्नाले नियम ३ बमोजिमको एकल महिला सुरक्षा कोष सम्झनु पर्छ ।
(घ) “मन्त्रालय” भन्नाले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय सम्झनु पर्छ ।
(ङ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष र सदस्य– सचिवलाई समेत जनाउंँछ ।
(च) “सदस्य–सचिव” भन्नाले समितिको सदस्य–सचिव सम्झनु पर्छ ।
(छ) “समिति” भन्नाले नियम ६ बमोजिमको कोष सञ्चालक समिति सम्झनु पर्छ ।