नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यो नियमावलीमा,–
(क) “ऐन” भन्नाले कार्य सञ्चालन कोष ऐन, २०४३ सम्झनु पर्छ ।
(ख) “सम्बन्धित निकाय” भन्नाले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयद्वारा कार्य सञ्चालन कोष स्थापना गर्नको निमित्त स्वीकृति प्राप्त गरेको कुनै मन्त्रालय अन्तर्गत रहेको निकाय सम्झनु पर्छ ।