दफा
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “चलचित्र जाँच समिति” भन्नाले दफा ७ बमोजिम गठन भएको समिति सम्झनु
पर्छ ।
(ख) “चलचित्र घर” भन्नाले चलचित्र प्रदर्शन गर्ने मूल घर र सो घरले चर्चेका अरु
घर जग्गालाई समेत जनाउँछ ।
(ग) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेका
नियमहरुमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।